मल्टीपर्पस फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।कम्पनिले फागुन २८ गते बिक्रीमा ल्याएको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (चैत १३ गते) अन्तिम दिन हो ।कम्पनिको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा फाइनान्सको केन्द्रिय कार्यालय, राजविराज, सिभिल बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट तथा घोराही शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेकम्पनिले जनाएको छ ।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन ।













