महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित « Arthapath.com
२६ चैत्र २०७७, बिहीबार

महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औ वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । चैत २५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो ।

संस्थाको ८ औ वार्षिक साधारण सभाबाट संस्थापक समूहका तर्फबाट प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला, रोशन कुमार मंडर र सर्वसाधारण समूहबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध संचालकमा निर्वाचित भएका हुन् ।

संस्थाको वार्षिक साधारणसभासप्तरीको रहेका संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।


प्रतिक्रिया दिनुहोस्