समता घरेलुको सीईओमा डा. घिमिरे र अध्यक्षमा लिम्बु नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा घिमिरेलाई नियुक्त गरिएको छ । गत बैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डा. मदन घिमिरेलाई नियुक्त गरिएको हा ।
नवनियुक्त सीईओ डा. घिमिरेले बैशाख २ गते नै आगामी ४ वर्षसम्मका लागि कार्यभार सम्हालेका छन् । बैठकले ७ जनाको सदस्यीय समिति गठन गरेको छ । अध्यक्षमा डम्मरणमणि थेवे लिम्बु, संस्थापक सञ्चालकमा राजेश्वर प्रसाद आचार्य, रमेश कुमार प्रधान र कशोर शेर्पा, सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकमा भक्तराम खड्का र अनुपा ओझा र स्वतन्त्र सञ्चालकमा निरञ्जन पराजुली नियुक्त भएका छन् ।
समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाले मर्जर कार्य सम्पन्न गरेपश्चात बैशाख ०२ गते देखि एकीकृत वित्तीय कारोबारको शुभारम्भ गरेको थियो । बारा जिल्ला, सिमरामा रजिष्टर्ड कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्था लि. र काभ्रेपलाञ्चोक जिल्ला, बनेपामा रजिष्टर्ड कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएर समता घरेलु लघुवित्त वित्तीय संस्था बनेको हो ।
दुई संस्था गाभिए पश्चात् बनेको वित्तीय संस्थाको कूल चुक्ता पूँजी २८ करोड ५६ लाख २० हजार १६० रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी २ अर्ब ५८ करोड ४५ लाख ४८ हजार ११४ रुपैयाँ, निक्षेप ९१ करोड ८२ लाख १८ हजार ५२७ रुपैयाँ र कूल संचालन मूनाफा १० करोड ७१ लाख ६० हजार ५६९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । एकीकृत कारोबार पश्चात संस्थाको कूल ३७ वटा शाखा कार्यालयहरु कायम भएका छन् ।