१० अर्बको एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा महतो र सिईओमा भट्टराई चयन

काठमाडौं । एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा महतो चयन भएका छन् । गैर–आवासिय नेपालीहरुको लगानीमा स्थापना भएको १० अर्ब रुपैयाँको एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका हुन् ।
एनआरएनका अध्यक्ष कुमार पन्तले संघका संस्थापक अध्यक्ष महतोलाई अध्यक्ष चयन गरिएको बताएका छन् । त्यस्तै, फण्डको कार्यकारी निर्देशक (सिईओ) मा पूर्व बैंकर अनलराज भट्टराई नियुक्त भएका छन् ।
१० अर्बको फण्डमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ । १० अर्बको फण्डले ८५ प्रतिशतले हुन आउने ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ ।