आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा पुनः पोखरेल चयन « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा पुनः पोखरेल चयन



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः पोखरेल चयन भएका छन् । पाचौं बार्षिक साधारण सभाले अध्यक्षमा पुनः जगत पोखरेललाई चयन गरेको हो ।

त्यस्तै, ६ जनालाई नयाँ संचालक समितिको सदस्यमा निर्विरोध चयन गरेको छ । संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक ४ जना र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व हनुे गरी संचालक २ जना गरी ६ जना सदस्य चयन गरिएको हो ।

संस्थापक समूह क बाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरले सञ्चालक समितिमा निर्विरोध चयन भएका हुन् भने सर्वसाधारण समूह ख बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् ।

संचालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष जगत बहादुर पोखरेललाई नै ४ बर्षका लागि फेरि अध्यक्षमा चयन गरेको हो । उनले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सवैभन्दा ठूलो लघुवित्त वित्तिय संस्था बनाउने दावी गरेका छन् ।

देशभरका लघुवित्त वित्तिय संस्थाहरुको साझा संस्था लघुवित्त संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका पोखरेलले आफुले नेतृत्व गरेको लघुवित्त वित्तिय संस्थालाई लघुवित्त क्षेत्रका लागि उदाहरणीय संस्थाको रुपमा स्थापित गर्नुपर्ने दायित्व समेत आफुसँग रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्