आइसीएफसी फाइनान्सको ६५.७३ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति पुग्ला ? « Arthapath.com
१३ बैशाख २०७८, सोमबार

आइसीएफसी फाइनान्सको ६५.७३ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति पुग्ला ?



काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको नाफा ६५।७३ प्रतिशतले उकालो लागेको छ । कम्पनिले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ७९ लाख ५० हजार रुपियाँ खुद नाफा कमाएको छ ।

कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत बर्षको तुलनामा यो वर्ष ६५.७३ प्रतिशतले बढ्ी नाफा कमाएको हो । गएको वर्ष १० करोड ७३ लाख ७० हजार रुपियाँ नाफा कमाएको थियो ।

त्यसैगरी कम्पनिको वितरणयोग्य नाफा पनि १० करोड ३० लाख ३३ हजार रुपियाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा फाइनान्सको चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपियाँ पुगेको छ भने जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपियाँ रहेको छ ।
त्यसैगरी बैंकको प्रतिसेयर आम्दानी २३ रुपियाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपियाँ १७ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्