चीनबाट सामान आउन थाल्यो, अब कुनै सामान नरोकिने

काठमाडौं । कोरोना भाइरसका कारण चिनको नाकामा रोकिएका कन्टेनरहरु नेपाल आउन थालेका छन । नेपाल सरकार र चिन सरकारको छलफलपश्चात कोभिड–१९ का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको हो ।
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक प्रसाद दाहालले रोकिएका सामानहरु अहिले सहज रुपमा आईरहेको जानकारी दिए । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले जानकारी दिए ।
चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिए । गोरखापत्र दैनिक