अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

अपी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले जारी गर्ने हकप्रद सुरक्षितका लागि आज खन्तिम दिन रहेको छ । कम्पनीले जारी गर्ने हकप्रद प्रयोजनार्थ भोलि (वैशाख २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आज आजसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ अनुपातमा हकप्रद जारी गर्दैछ । जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर कम्पनीले सेयरधनीहरुका लागि जारी गर्नेछ ।

कम्पनीले यो दोस्रोपटक हकप्रद जारी गर्न लागेको हो । कम्पनीको यो हकप्रदलाई धितोपत्र बोर्डले गत वैशाख १९ गते निष्कासन अनुमति दिएको थियो । कम्पनीले हकप्रदको मिति भने तय गरिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्