५ महिनाको प्रयासपछि नेपालकै ठुलो बैंक बन्न हिमालयन र इन्भेष्टमेन्टको मर्जर सम्झौत, २७ अर्बको बैंक बन्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

५ महिनाको प्रयासपछि नेपालकै ठुलो बैंक बन्न हिमालयन र इन्भेष्टमेन्टको मर्जर सम्झौत, २७ अर्बको बैंक बन्दै



काठमाडौं । ५ महिनाको अथक प्रयासपछि अन्तत नेपालको दुई ठुला बैंक मर्जरमा जाने सम्झौता गरेका छन । नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी भएको छ ।

दुई बैंकले मर्जरमा जाने उदेश्यका साथ ५ महिनाअघि डिडिए गराएका थिए । हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिसत लगानी रहेकाले निर्णय प्रक्रियमा केही ढिलाइ भएको हो ।

बिहीबार ठमेलस्थीत अलफ्ट होटलमा दुई बैंकका अध्यक्षले मर्जरको सहमती पत्रमा हस्ताक्षर गरेका छन । नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पू‘जी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अर्ब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४.१० अर्ब र हिमालयन बैंकको ७.६७ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अर्ब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८.२९ अर्ब र हिमालयन बैंकको रु. १४३.७० अरब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक हुनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्