स्थानिय प्रशासन थप कडा बन्दै, गृह मन्त्रालयले दियो घरबाहिर ननिस्कन निर्देशन « Arthapath.com
१६ असार २०८३, मंगलबार

स्थानिय प्रशासन थप कडा बन्दै, गृह मन्त्रालयले दियो घरबाहिर ननिस्कन निर्देशन



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण न्युनिकरण तथा रोकथामका लागि जारी निषेधाज्ञा थप कडा हुने भएको छ ।

आज गुह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ३ वटै सुरक्षा अधिकारीलाई निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई अनावश्यक सडकमा निस्कन नदिन पत्राचार गरेको छ ।

आज गुह मन्त्रालयले देशका ३ सुरक्षा अधिकारी नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई मन्त्रालयमै डाकेर निषेधाज्ञालाई थप कडा पार्न निर्देशन दिएको स्रोतले जनाएको छ । त्यसैगरी ७७ वटै जिल्लका प्रमुख जिल्ल अधिकारीलाई निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई अनावश्यक सडकमा निस्कन नदिन निदेशन दिएको छ ।

त्यसैगरी सरकाले ल्याएको कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ को प्रभावकारीरुपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्