निरन्तर रेकर्ड बनाउँदै बजारमा नयाँ ४ रेकर्ड बने, हालसम्म कै उच्च बिन्दु कायम गर्दा कारोबारमा भने तहल्का मच्चायो « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

निरन्तर रेकर्ड बनाउँदै बजारमा नयाँ ४ रेकर्ड बने, हालसम्म कै उच्च बिन्दु कायम गर्दा कारोबारमा भने तहल्का मच्चायो



काठमाडौं । जेठ महिना शुरु भएसँगै नेप्सेमा नयाँ–नयाँ रेकर्ड कायम हुँदै आएको छ । गत बर्ष २०७७ को अन्तिम तिर नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड नयाँ बर्षको पहिलो सातामा ब्रेक गर्यो । बैशाख महिनामा केही तलमाथि भएपनि जेठ महिनाको पहिलो दिनदेखि नेप्सेमा नयाँ रेकर्ड कायम हुँदै आएको छ । दैनिक रुपमा नयाँ रेकर्ड कायम गर्दै आएको नेप्से सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार परिसूचक र कारोबारमा हालसम्म कै उच्च बनाएर नयाँ रेकर्ड बनाएको नेप्सले बताएको छ ।

सोमबार दिनभरि निकै उतार चढाव रहँदै बन्द हुने समयमा नयाँ रेकर्ड कायम गरेको हो । सोमबार नेप्से परिसूचक ३.०५ अंकले बढेर २८२३.०५ अंकमा बन्द भएको छ । जुन हालसम्म कै उच्च बिन्दु हो । यस अघि हिजो आइतबार (जेठ ९ गते) २८२० अंकमा बन्द भएको थियो ।

त्यस्तै, सोमबार नेप्सले अर्काे नयाँ रेकर्ड बनाएको छ । नेप्सेमा दिनभरि २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ सेयर कित्ता १ लाख ३६ हजार ४९९ पटक किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो । यस अघि जेठ ५ गते ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थिया्े । उक्त रेकर्ड सोमबार ब्रेक गरेको नेप्सले बताएको छ ।

सोमबार ट्रेडिङ समूह ५३.७२ अंक, अन्य समूह ९.३१ अंक,
जीवन बीमा समूह ५४.५७ अंक, डेभलपमेन्ट बैंंक समूह ३१.८९ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ४७.४४ अंक, माइक्रोफाइनान्स समूह ५.३७ अंक, होटल तथा पर्यटन समूह २३.१८ अंक र फाइनान्स समूह ३६.४२ अंकले घटेको छ ।

त्यस्तै, इन्भेष्टमेन्ट समूह १.१४ अंक, हाइड्रो पावर समूह ४.९९ अंक, बैंकिङ समूह ४.०८ अंक, म्युचुअल फण्ड समूह ०.०९ अंक र निर्जीवन बीमा समूह १९४.५५ अंकले बढेको छ ।

सोमबारको बजारमा नयाँ ४ वटा रेकर्ड बने

१. नेपाली सेयर बजारको इतिहासमा सबैभन्दा धेरै रकमको कारोवार भएको छ । आज १३ अर्ब १७ करोड ५३ लाखको कारोवार भएको छ ।

२. नेप्से परिसुचक आज २८५० अंक पुगेर रेकर्ड राखे पनि अन्तिममा २८२३ मा रोकिएको छ । यो दुबै नयाँ रेकर्ड हो ।

३. सिंगल स्क्रिप्टको कारोवारमा आज HIDCL को २१ लाखभन्दा बढी कित्ता कारोवार भएर रेकर्ड बनेको छ ।

४. कारोवार रकममा सिंगल स्क्रिप्टको यसअघिको पुनर्बिमा कम्पनीको रकेर्ड HIDCL ले तोडेको छ । यस कम्पनीको आजमात्रै १ अर्ब २६ करोडभन्दा बढी रकमको कारोवार भएको छ ।


प्रतिक्रिया दिनुहोस्