नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं ।नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ८० हजार कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

संस्थाले जेठ १६ गतेदेखि आज जेठ ३० गते सम्म संस्थापक शेयर लीलामीमा बिक्री खुला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्