कोरोनाले धकेलियो हिमालयन र इन्भेस्टमेण्टको मर्जर, वार्षिक साधारणसभाबाटै अनुमोदन गरिने

काठमाडौं । नेपालको बैंकिङ इतिहासकै सर्वाधिक ठूलो मर्जर प्रक्रियालाई कोरोना महामारीले प्रभावित पारेको छ । महामारीका कारण लामो समयसम्म मर्जरका प्रक्रियागत काम अघि बढाउन नसकेपछि अब दशैंपछिमात्रै यी दुई बैंकको एकीकृत कारोबार सम्भव हुने भएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादसर पाँडेले विशेष साधारण सभाबाट मर्जर प्रस्ता अनुमोदन गर्नुपर्ने बाध्यता लगभग टुंगिएको बताए । काेराेनाकाे कारण भर्चुअल साधारणसभाबाट मर्जरजस्ताे महत्वपुर्ण संभव नभएकाे पाँडेले बताए । ‘कतिपय निर्णय फेसटु फेसबाटै गर्नुपर्ने हुन्छ ।’ पाँडेले अर्थपथसँग भने ।
‘अब नियमित प्रक्रियामा आयोजना हुने वार्षिक साधारण सभाबाटै मर्जरको अनुृमोदन हुने छ,’ उनले भने । असार मसान्त नजिकिँदै जाँदा हालसम्म खासै काम अघि बढाउन नसकेपछि मर्जर लम्बिने भएको हो । यद्यपि, आजै बसेको संयुक्त मर्जर समितिको बैठकले एकीकृत सम्पत्ती र दायित्वको मूल्यांक (डीडीए) प्रक्रिाय थाल्ने निणर्य गरेको छ ।
असारमा एउटै व्यालेन्ससिट निकाल्न संभव नभएपछि रेगुलर एजिएमबाटै मर्जरकाे टुङ्गाे लाग्ने बैंकले जनाएकाे छ । अव यी दुई बैंककाे मर्जर दशैंपछिमात्रै हुनेछ ।
बैठकले डीडीएको काम पीआर उपाध्याय एण्ड कम्पनीलाई दिने निणर्य गरेको छ । सीए प्रदीपराज उपाध्यायको यो कम्पनीले यसअघिको प्रारम्भिक डीडीएमा पनि काम गरेको थियो । अन्तिम डीडीएको काम सकेपछि आगामी आर्थिक वर्ष सकेसम्म चाँडो वार्षिक साधारणसभा बोलाएर मर्जर अनुमोदन गर्ने पाण्डेले बताए ।
दुई बैंकको प्रणाली एकीकरण गर्न र कर्मचारी व्यवस्थापन गर्न समय लाग्ने भएकाले कम्तिमा पनि आउँदो दशैंअघि एकीकृत कारोबार सुरु गर्ने संभावना निकै कम रहेको बैंकका अधिकारी बताउँछन् ।