सबै उमेर समूहकालाई जोखिम रहेको कोरोनाको नयाँ प्रजाती नेपालमा भेटियो
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रजातिको भाइरसको संक्रमण सबै उमेरसमुहलाई जोखिक रहेको एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ । अहिले सम्म नेपालसहित १० जिल्लमा देखिएको यो प्रजातिको भाइरसको जोखिम सबै समुहलाई रहेकोले सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गएको वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको उल्लेख गरीएको छ ।
साथै मन्त्रालयले संक्रमण रोक्नको लागि सबै जिम्मेवार र सचेत बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन पनि आग्रह गरेको छ ।