सर्वोत्तम सिमेन्टको आज हुने साधारण सभाले २०.१२४ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सर्वोत्तम सिमेन्टको आज हुने साधारण सभाले २०.१२४ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको बिशेष साधारण सभा आज (असार १० गते) हुँदैछ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले असार १० गते बिशेष साधारण सभा बोलाएको थियो । कम्पनीको बिशेष साधारण सभा आज (असार १० गते, बिहीवार) काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक बर्षको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद लाभांश गरि कूल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने बिशेष प्रस्ताव छलफल गरि पारित गरिनेछ । कम्पनीको १९.११८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, कम्पनीको हाल जारी तथा चुक्ता पुँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनुपात मिलान गर्ने सँगै यी व्यवस्था अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने कम्पनीले जानकारी गराएको छ ।

साथै, उक्त संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्