२०.१२४ प्रतिशत लाभांश पारित गर्न सर्वाेत्तम सिमेन्टले बोलायो साधारण सभा « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

२०.१२४ प्रतिशत लाभांश पारित गर्न सर्वाेत्तम सिमेन्टले बोलायो साधारण सभा



काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले असाढ १० गते बिशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीको बिशेष साधारण सभा अषाढ १० गते काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजे बोलाएको हो ।

सभामा कम्पनीले आर्थिक बर्षको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद लाभांश गरि कूल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने बिशेष प्रस्ताव छलफल गरि पारित गरिनेछ ।

त्यस्तै, सभामा कम्पनीको हालको चुक्ता पूँजी बृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको अनुपात मिलान गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्