साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन् ।
कम्पनीको स्वतन्त्र संचालकमा रिक्त रहेको पदमा उनलाई नियुक्त गरिएको हो । असार ११ गते बसेको संचालक समितिको ९५ औं बैठकले डा. ढकाललाई नियुक्त गरिएको हो ।
डा् ढकाल तत्कालीन कसमस डेभलपमेन्ट बैंकको अध्यक्ष पदमा ६ बर्ष काम गरेको अनुभव रहेको छ । एड्मिनिस्ट्रेटिभ साइन्समा विद्यावारिधि गरेका डा. ढकाल विगत ३० वर्षदेखि प्राध्यापन र अनुसन्धान क्षेत्रमा आबद्ध रहँदै आएका छन् ।