जसपाको महन्थ पक्षले देउवा सरकारलाई विश्वासको मत नदिने, बालकोटमा भयो यस्तो सहमति

काठमाडौं । जसपाको महन्थ पक्षले देउवा सरकारलाई विश्वासको मत नदिने भएको छ । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आपसी सहकार्य गरेर जाने र सरकारलाई विश्वासको मत नदिने सहमति गरेका हुन।
वर्तमान राजनितिको समसामायीक विषयमा छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा ओलीनिवास बालकोटमा पुगेका स्रोतले जनाएको छ ।
बालकोटमा उनीहरुले देउवा सरकारलाई विश्वासको मत नदिने विपक्ष भुमिकामा रहने र आपसी समझदारी कायम राख्ने विषयमा छलफल गरेका छन ।
देउवालाई प्रधानमन्त्री बनाउन एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले साथ दिदै आएका छन् । एमालेमा जारी विवाद अन्त्य गर्न दोश्राे तहका नेता जुटेका छन् ।