३८९९जनामा कोरोना संक्तमण, २० जनाको मुत्यु

काठमाडौं । आज मंगलबार ३ हजार ८ सय ९९ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार गत २४ घण्टामा पिसिआर परीक्षण विधिबाट २७२६ जना र एन्टीजेन विधिबाट १ हजार १ सय ७३ जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप २० जनाको मुत्यु भएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ५८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्तमणमुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ ।