धितोपत्र बोर्डले दियो तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति, कुनको कति ? « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

धितोपत्र बोर्डले दियो तीन ओटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति, कुनको कति ?



काठमाडौं । ३ ओटा कम्पनिको आईपीओ निष्कासन गर्न अनुमति पाएका छन । नेपाल धितोपत्र बोर्डले तीन ओटा कम्पनीलाई ५७ करोड आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । अनुमति पाएसंगै ३ ओटै कम्पनिले स्थानिय बासिको लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।अनुमति पाउनेमा न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन ।

न्यादी हाइड्रोपावर
कम्पनीले ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनिलाई साउन साउन ११ गते बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनिको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

साहस उर्जा
त्यसैगरी साहस उर्जा लिमिटेडले १ करोड ५ लाख आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले साउन १४ गते कम्पनिलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनिको शेयर विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बुद्धभूमि नेपाल
कम्पनिले १२ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्रबोर्डले साउन १४ गते कम्पनिलाई १२ लाख कित्तम आईपीओ निष्काशन कम्पनिको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्