७ श्रावण २०८३, बिहिबार

यूनियन लाइफ र मनकामना स्मार्ट लघुवित्तको सेयर आजदेखि कारोबार हुने, कतिमा होला कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको आईपीओ आजदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार हुनेछ । यूनियन लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबार हुनेछ । आइतबार दुवै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि सोमबारदेखि कारोबार शुरु हुने भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको थियो । कम्पनीको २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैले आजदेखि कारोबारमा आउने भएको हो । संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता गरि कूल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीलाई नेप्सेले (ULI) यूएलआई कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो । कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको तोकेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ ।


प्रतिक्रिया दिनुहोस्