बुधबार थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ३९ पीसीआर परीक्षणमा २ हजार ६ सय १३ र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४२ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ९६ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८९ हजार १ सय ७३ पुगेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् ।