एनआईसी एशिया लघुवित्तले दियो धितो मुल्याङ्कन सम्बन्धि क्षमता अभिवृद्धि तालिम « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

एनआईसी एशिया लघुवित्तले दियो धितो मुल्याङ्कन सम्बन्धि क्षमता अभिवृद्धि तालिम



काठमाडौं । एनआईसी एहिया वित्तीय संस्थाले धितो मुल्याङ्कन सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिएको छ । लघुवित्तले विभागीय प्रमुखहरु, विभागीय कर्मचारीहरु र अनलाईन माध्यमबाट सम्पुर्ण शाखा प्रमुखहरुको धितो मुल्याङ्कन सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिएको हो ।

संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेको आतिथ्यमा भएको कार्यक्रममा सिभिल लिंक कन्सलटेनसीका भरत बंजारा र नापि तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरद्वरा सहभागिहरुलाई सहजिकरण गरेका थिए ।

तालिम कार्यक्रममा सभिल लिंक कन्सलटेनसीका भरत बजांराले धितो मुल्याङ्कन कसरी गर्ने, धितो मुल्याङ्कन गर्दा के कस्ता व्यवहारिक पाटोहरुलाई ध्यान दिने र नापी तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरले नक्सा के हो, फिल्डमा धितो निरिक्षण गर्दा के के कुरामा ध्यान दिन पर्ने, नक्साको आधारमा कसरी क्षेत्रफल निकाल्ने लगायत बिभिन्न नापी सम्बन्धि मोबाईल एप्लिकेशनका जानकारी तथा प्रयोग गर्ने बारेमा प्रशिक्षण दिनु दिएका कम्पनिले जानकारी दिएको छ ।

कार्यक्रमको समापनमा आफ्नो मनत्वय राख्दै संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले कर्मचारी भनेको संस्थाको अमूल्य संम्पति भएकाले कर्मचारीको क्षमता वृद्धि भए संस्थाको लक्ष्य हासिल हुने बताए ।

कार्यक्रम धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्