बिहीबार सुनचाँदीको मूल्य घट्यो, कति छ तोलामा ?

काठमाडौं । लगातार दुई दिनबाट बढेको सुनको मुल्य आज ४ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ८ सय र तेजावि सुन ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहको सुनचाँदी व्यवसायाी महासंघले जानकारी दिएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाला सुन तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुन ९० हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।