नेपाल बङ्गलादेश बैङ्क धुन्चे शाखाद्वारा श्रेष्ठ परिवारलाई १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले बचत खाता खोल्ने ग्राहकहरूको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम १ लाख ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ ।
स्व. दिनेश श्रेष्ठले नेपाल बङ्गलादेश बैङ्क, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।
उक्त १ लाखको चेक नेपाल बङ्गलादेश बैङ्क, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैङ्कले लिएको छ । साथै आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैङ्कले जानकारी गराएको छ ।
हालसम्म बैङ्कले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।