ब्याजदर घटेपनि टिकेन नेप्से, १४ अङ्कले घटेर २ अर्बमा खुम्चियो कारोबार रकम

काठमाडौँ । काठमाडौँ । बैङ्कहरूले आफूखुसी निक्षेपको ब्याजदर बढाउन नपाउने गरी राष्ट्र बैङ्कले निर्णय गरेपछि हिजो ६० अङ्कले बढेको नेप्से आज घटेको छ । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार १७ अङ्कले घटेको छ । केही दिन यता निरन्तर रूपमा ओरालो लागिरहेको नेप्से हिजो बुधवार ६० अङ्कले बढे पनि आज फेरी १४.७० अङ्कले घटेको छ ।
आज नेप्से १४.७० अङ्कले घटेर कारोबार मापक नेप्से परिसूचक २५५६.९५ अंकमा आइपुगेर बन्द भएको छ । सोमबार र मङ्गलवार घटेको सेयर बजार बुधवार ६०.५६ अङ्कले वृद्धि भएर २५७१.६६ विन्दुमा पुगेर बन्द भएको थियो ।आज दिनभर २ सय १६ कम्पनिको ६ करोड १० लाख ६ हजार ४ सय ५२ कित्ता शेयर ३६ हजार ७ सय ६२ पटक किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

आज अन्य समूह र म्यअचुल फन्ड समूह बाहेक सबै समूह राताम्मे भएको छ । अन्य समूह २१ र म्यअचुल फन्ड ०.०६ अङ्कले बढेको छ । आज सबैभन्दा बढी उत्पादन समूहका लागनिकर्ताले सबैभन्दा बढी गुमाएका छन् । उत्पादन समूह १०५ अंकले घटेको छ । त्यसैगरी जीवन बिमा समूह १०५, विकास बैङ्क ९४, व्यापार ६७, होटेल एन्ड टुरिजम ५८, हाईड्रोपार र फाइनान्स ४६, निर्जीवन बिमा समूह २३ अङ्कले घटेको छ ।
