न्यादी हाइड्रोपावरको आईपिओ भोलि शुक्रवार बाँडफाँड गरिने « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

न्यादी हाइड्रोपावरको आईपिओ भोलि शुक्रवार बाँडफाँड गरिने



काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि शुक्रवार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार भोलि शुक्रवार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा बाँडफाँड हुने छ ।

न्यादी हाइड्रोपावरको आईपीओमा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा १४ गुणा बढी हो ।

कम्पनीले असोज १५ गते, शुक्रवारदेखि सर्वसाधारणका लागि आईपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुटाइएको थियो ।

कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्