शुक्रवार कतिमा कारोबार हुदैछ सुनचाँदी

काठमाडौँ । आज शुक्रवार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ७ सय र तेजाबी सुन ९१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन आजकै मूल्य र चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।