२७ अंकले बढ्यो नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

२७ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेप्से २७.५१ अंकले बढेको छ । गत शुक्रबार १७ अंकले ओरालो लागेको नेप्से आज २७ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २५८४.५२ अंकमा पुगेर बन्द भएको छ ।

आज दिनभर २ सय २५ कम्पनिको ५ करोड ८ लाख १८ हजार कित्ता शेयर ३८ हजार १ सय ४७ पटक किनबेच हुदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

आज व्यापार समुह बाहेक सबै समुहमा हरियाली छाएको छ । यस दिन सबैभन्दा बढि उत्पादन समुहका लगानिकर्ताले कमाएका छन । उत्पादन समुह १०५, फाइनान्स ८९, विकास बैंक ७२, जिवन विमा समुह ६७, हाईडोपार ६५, अन्य ५५ माईक्रोफाइनान्स ५३, निर्जिवन विमा समुह ३९ अंकले बढेको छ । आज व्यापार समुह ३२ अंकले ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्