नेपाल एसबिआई बैङ्कको अध्यक्षमा राजीव अरोरा चयन, गभर्नर अधिकारीबाट लिए शपथ

काठमाडौँ नेपाल एसबिआई बैङ्क सञ्चालक समितिको अध्यक्षमा राजीव अरोरा चयन भएका छन् । गत मङ्गलवार बसेको बैङ्क सञ्चालक समितिको ४७६औँ बैठकले स्टेट बैङ्क अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक राजीव अरोरालाई बैङ्क सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ ।
राजीव अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई. समूहको रणनीति, व्यवसाय प्रवर्धन, सञ्चालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेर्दै आएका छन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष राजीव अरोरालाई नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आज गभर्नर कार्यालयमै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
समारोहमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबिआई बैङ्कका निवर्तमान अध्यक्ष तथा एसबिआई भारतका मुख्य महाप्रबन्धक बि.आर.एस. सत्यनारायण, बैङ्कका सञ्चालकहरू रजय कुमार सिन्हा, बाल कृष्ण श्रेष्ठ, विमला सुवेदी एवं बैङ्कका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, एस.बि.आई. भारतका उपमहाप्रबन्धक बि.एन. रथ, नायब सीईओ तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सल्लाहकार–नयाँ व्यवसाय प्रवर्धन छपी राज पन्त तथा बैङ्कका कम्पनी सचिव श्रीधर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।