ढुङ्गाना सर्वाेच्च अदालतमा, धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न बन्यो छनोट समिति

काठमाडौँ । दसैँको मुखमा सरकारद्वारा बर्खास्तीमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढेको हो ।
२० महिनाअघि केपी ओली नेतृत्वकाे सरकारले ढुङ्गानालाई ४ वर्षकाे लागी नियुक्त गरेकाे थियाे । सर्वाेत्तम सिमेन्टले बुकविल्डिङबाट ल्याउन लागेकाे सेयर ढुङ्गानाले पैसा दिएर बिवाह गरेकाे छाेरीकाे नाममा खरिद गरेकाे भन्दै सरकारले न्यायिक छानविन समिति बनाएर ढुङ्गानालमई हटाएकाे थियाे । कांग्रेस माओवादी सम्मिलित गठबन्धन सरकार बनेसँगै चपेटामा परेका ढुङ्गानाकाे मुद्धा नटुङ्गिकनै सरकाले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएकाे हाे ।
सरकारले बुधवार मन्त्री स्तरीय निर्णयद्वारा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न समिति गठन गरेको छ । समितिमा अर्थ सचिवसहितको रहेकाे छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठित समितिका योजना आयोगका सदस्य तथा एक विज्ञलाई समितिका राखिएको छ । समितिमा अर्थ सचिव मधु मरासैनी, योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र विज्ञ सदस्य डा नारायण प्रसाद पौडेल रहेका छन् । पौडेल मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रारसमेत हुन् ।
धितोपत्र बोर्डको अध्यक्ष बन्न स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति हुनेपर्नेछ । बोर्डको अध्यक्ष बन्न पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका हुनुपर्नेछ ।
बोर्ड अध्यक्ष बन्न बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी, निर्देशक नवराज अधिकारी तथा बाहिरबाट बीमा समितिकाे अध्यक्ष भैसकेका चिरञ्जीवी चापागाईँ, राष्ट्र बैंककाे पुर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे, सनराइज बैक छाडेका जनक शर्मा पौडेल, एकिकृत समाजवादी नेता साेम प्रसाद पाण्डेका ज्वाईँ कृष्णप्रसाद आचार्य र नेप्सेको सीईओबाट राजीनामा दिएका चन्द्रसिंह साउदलगायत मरिमेटेर लागेका छन् ।
४ वर्षे कार्यकाल हुने बोर्ड अध्यक्ष अहिले नियुक्ति हुनेले भने ढुङ्गानाकै कार्यकालको निरन्तरतामा हुनेछन् । यसअघि ढुङ्गानाले २० महिना अध्यक्ष बनेर चलाइसकेका छन् । अव नियुक्त हुनेकाे २८ महिने अवधीकाे हुनेछ ।
