राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष पाठकले लिए सपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मंगलबार शपथ लिएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ मा बैंकको सञ्चालक समिति अध्यक्षले पनि राष्ट्र बैंकको गभर्नर समक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
यसअघि बैंक सञ्चालक समितिको बसेको बैठकले डा. पाठकलाई अध्यक्ष चयन गरेको थियो । पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकको रुपमा एक कार्यकाल काम गरेको अनुभव उनीसँग छ । पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध छन् ।