कामना सेवा विकास बैंकको अध्यक्षमा आचार्य
काठमाडौं । कामना सेवा विकास बैंकको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । कात्तिक २३ गते मंगलबार सम्पन्न भएको संचालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उक्त बैठकले बैंकको सञ्चालकमा संस्थापकतर्फबाट भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध चयन गरेको छ ।












