सिभिल बैङ्कको अध्यक्षमा पाण्डे चयन « Arthapath.com
१ मंसिर २०७८, बुधबार

सिभिल बैङ्कको अध्यक्षमा पाण्डे चयन



काठमाडौँ । सिभिल बैङ्कको अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । बैङ्कका सञ्चालक रहेका पाण्डेलाई सञ्चालक समितिको बैठकले सर्वसम्मतबाट अध्यक्षमा चयन गरेको सिभिल बैङ्क स्रोतले जनाएको छ । 

सिभिल बैङ्कको बुधवार साँझ बसेको ३६२ औँ सञ्चालक समितिको बैठकले अध्यक्षमा पाण्डेलाई अध्यक्ष चयन गरेको हो । बैङ्कको अध्यक्ष रहेका इच्छाराज तामाङ सिभिल सहकारीको ठगी गरेको आरोपमा पक्राउ परेपछि बैङ्कमा अध्यक्ष विहीन रहेको थियो । 

व्यवसायी इच्छाराज तामाङलाई राष्ट्रिय अनुसन्धान परिषद् (सिआईबी)ले गत असोज १८ गते सुन्धाराबाट पक्राउ गरेको थियो । सर्वसम्मतबाट पाण्डे अध्यक्ष बनेका हुन् । 


प्रतिक्रिया दिनुहोस्