मध्य भोटेकोशीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त « Arthapath.com
३ मंसिर २०७८, शुक्रबार

मध्य भोटेकोशीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापीटल नियुक्त



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

बिहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको केन्द्रिय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेको छ ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निमार्ण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रुपैयाँ तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ ।

सर्वसाधारण समुहतर्फ छुट्याइएको ४९ प्रतिशत शेयरमध्ये कर्मचारी संचय कोषमा रकम संचय गर्ने संचयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाहरु चिमिले जलविद्युत कम्पनी रहेको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइडोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., सिन्धुपाल्चोक हाइडोपावर कम्पनी लि. तथा सिन्धु भोटेकोशी हाइडोपावर लि. र क्रृणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत शेयर यस अघि नै निष्कासन गरी २०७५ पुष ५ गते बाँडफाँट गरेको छ ।

त्यस मध्ये बाँकि २५ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि १० प्रतिशत अर्थात ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात ९० करोड बराबरको शेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँड समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्