एसियाली विकास बैंकले विद्युत् प्रणाली सुधारमा ७ अर्ब ऋण दिने, भोलि सम्झौता
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई ७ करोड अमेरिकी डलर (७ अर्ब ८ करोड रुपैयाँ बराबर) थप ऋण सहायता दिने भएको छ । यो पैसा विद्युत्को वितरण प्रणालीलाई आधुनिकीकरण गर्न प्रयोग हुने बैंकले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले अहिले तारलाई जमीन मुनी विच्छ्याएर विद्युत्को ग्रीड सञ्जाल विस्तार गर्न थालेको छ ।
उक्त ऋण सम्झौता भने भोलि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुने बैंकले जनाएको छ । अर्थ सचिव मधु मरासिनी र एसियाली विकास बैंकको नेपाल स्थित आवासीय निर्देशक अर्नद कउचोइसले हस्ताक्षर गर्ने छन् । यससँगै उक्त परियोजना सम्झौतामा भने अर्नद र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको एडबिीले जनाएको छ ।












