सूची दर्ता गर्ने बारेमा सूचना - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सूची दर्ता गर्ने बारेमा सूचना



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूची दर्ता गर्ने बारेमा सूचना आह्वान गरेको छ । मन्त्रालयको लागि चालु आ.व.२०७८/७९ मा ४ थान मोटरसाइकल र ४ थान स्कुटर गरि कुल ८ थान खरिद गर्ने भएको छ ।

इच्छुकले इजाजत प्राप्त उत्पादन वा वितरण गर्ने कम्पनी वा त्यसको आधिकारिक विक्रेताहरुले आफ्नो फर्म रजिस्ट्रेसन दर्ता प्रमाण पत्र, मूल्य अभिवृद्धिकर दर्ता पैमाण पत्र आयकर दर्ता प्रमाणपत्र पेश गर्नु पर्ने छ । त्यस्तै आ.व. २०७७/७८ को आय कर चुक्ता प्रमाण पत्रको प्रतिलिपिहरु समावेश गरि यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १० दिन भित्र आफुले प्राप्त गरेको इजाजत पत्र, उत्पादक वा अधिकृत विक्रेताद्धारा निर्धारित विक्रि मूल्य सार्वजनिक गरेको कागजातको छाँयाकपी, उत्पादनको अधिकारिक स्पेसिफिकेशन, गुणस्तर, मुल्य र सुबिधा सहित विवरण समेत संलग्न राखी यस मन्त्रालयमा सूचिकृत हुन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्