लामो समयदेखि निमार्ण कार्य अलपत्र पार्ने तीन कम्पनीसँग भवन निर्माण आयोजनाले माग्यो स्पष्टीकरण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लामो समयदेखि निमार्ण कार्य अलपत्र पार्ने तीन कम्पनीसँग भवन निर्माण आयोजनाले माग्यो स्पष्टीकरण



काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । ठेक्का लिएर काम नगर्ने पप्पु कन्स्ट्रक्सनसहित तीन कम्पनीसँग शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण सोधेको हो ।

निर्माण व्यवसायीहरुले निर्माण कार्य गर्ने सम्झौता गरेपनि पटक पटक म्याद थप गर्दा समेत काम सम्पन्न गर्ने ठोस प्रयास नगरेको र लिखित रुपमा निर्देशन दिदा समेत काम गर्न चासो नदेखाएको उक्त सूचनामा उल्लेख गरेको छ ।

निर्माण कार्य गर्ने ठोस कार्यतालिका र विश्वसनीय स्पष्टीकरणसहित सात दिन भित्र आयोजनामा उपस्थित भइ निर्माण कार्य तत्काल सुचारु गर्न सूचनामा जानकारी गरेको छ ।

चितवनको रत्ननगर नगरपालिकासँग रत्ननगर सभाहल निर्माणको ठेक्का लिएर लामो समयदेखि निर्माण कार्य अलपत्र छाडिएको छ २०७३ मा ठेक्का लिएर पीएस÷विरुवा जेभीले काम अधुरो छाडेको उक्त सूचनामा उल्लेख गरेको छ ।

रामग्राम नगरपालिका–२ को हाटबजार निर्माण सुधार, सामुदायिक पूर्वाधार योजनासँग काम लिएर पप्पु÷शिवशक्ति जेभीले काम अधुरै छोडेको जानकारी सूचनामा गराइएको छ ।

भरतपुर महानगरपालिकाको विभिन्न स्थानहरुमा सडक तथा ढल निर्माण कार्य,प्याकेज–१ को ठेक्का लिएर सन्तोषी÷ कान्छाराम÷ डाँफे जेभीले काम अधुरै छोडेको सुचनामा प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्