एनआरएन इन्फ्रास्ट्रक्चरको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पौष २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
कम्पनीले नवौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार बोलाएको छ । कम्पनीले पौष १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।