नयाँ सारथी लघुवित्तको कामु सीईओमा घिमिरे नियुक्त
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको कामु प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरे नियुक्त भएका छन् । लघुवित्तको सञ्चालक समितिको बैठले पौष १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर खड्काले राजिनामा दिपछि घिमिरेलाई कामु सीईओ जिम्मेवारी दिईएको हो । सीईओ खड्काले घरायसी कारण देखाउदै राजिनामा दिएका थिए । संचालक समितिको बैठकले पौष १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरिसकेको छ । यसअघि घिमिरेलाई मंसिर १९ गतेदेखि मंसिर ३० गतेसम्म प्रमुख कार्यकारी अधिकृतको अधिकार र जिम्मेवारी दिएको थियो ।
संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई बैशाख ५ गतेदेखि लागु हुनेगरी सीईओ पदमा नियुक्त गरेको थियो । सीईओ खड्कालाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको भएपनि ८ महिनामा नै संस्थाबाट बाहिरिएका हुन् ।