८ महिनामा नै बाहिरिए नयाँ सारथी लघुवित्तका सीईओ खड्का, कामु सीईओको जिम्मेवारी सरोज घिमिरेलाई « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

८ महिनामा नै बाहिरिए नयाँ सारथी लघुवित्तका सीईओ खड्का, कामु सीईओको जिम्मेवारी सरोज घिमिरेलाई



काठमाडौं । नयाँ सारथी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर खड्काले राजिनामा दिएका छन् । सीईओ खड्काले घरायसी कारण देखाउदै राजिनामा दिएका हुन् ।

शुक्रबार बसेको संचालक समितिको बैठकले पुस १ गतेदेखि लागु हुने गरि उनको राजिनामा स्वीकृत गरेको छ । सोहि बैठकले हालका नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई मंसिर १९ गतेदेखि मंसिर ३० गतेसम्म प्रमुख कार्यकारी अधिकृतको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरि निमित्त प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय गरेको छ ।

गत बैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई बैशाख ५ गतेदेखि लागु हुनेगरी सीईओ पदमा नियुक्त गरेको थियो । सीईओ खड्कालाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको भएपनि ८ महिनामा नै संस्थाबाट बाहिरिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्