नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा २७ लाख कित्ता शेयर सूचीकृत भएका छन् । सोमबार सांग्रिला डेभलपमेन्ट बैंकको २७ लाख ३६ हजार ९७२.४२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेल जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई बोनस बापत प्रदान गरेको उक्त शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकको वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ ।