अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट



काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकोमा गिरावट देखिएको हो । जुन शुक्रबारका लागि एक डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा रहेको छ । भने विक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको छ ।

बुधबार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा विक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको थियो । विहीबार लागि एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा रहेको थियो । भने विक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको थियो । शुक्रबारका लागि एक डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा रहेको थियो । भने विक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको थियो ।

युरोपेली मुद्रा यूरो एकको खरिददर १३५ रुपैयाँ ९५ पैसा र विक्रीदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, अस्टेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र विक्री दर ८७ रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ । जापानीज ऐन १० को खरिददर १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५६ प्रैसा रहेको छ ।

त्यस्त, कुवेती दिनारको एकको खरिददर ३९६ रुपैयाँ ८७ प्रैसा पुगेको छ भने विक्रीदर ३९८ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३१८ रुपैयाँ ५१ पैसा र विक्रीदर ३२० रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै सबैभन्दा महगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ४०० रुपैयाँ ५८ प्रैसा पुगेको छ भने विक्रीदर ४०२ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै बहराइन दिनार पनि एकको खरिददर ३२२ रुपैयाँ ०९ पैसा र विक्रीदर ३२३ रुपैयाँ ६८ पैसा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्