बुद्धभुमि नेपालको शेयर नेप्सेमा सूचीृकत, ओपनिङ रेञ्ज न्युनतम ८४.५ रूपैयाँ « Arthapath.com
२ माघ २०७८, आईतवार

बुद्धभुमि नेपालको शेयर नेप्सेमा सूचीृकत, ओपनिङ रेञ्ज न्युनतम ८४.५ रूपैयाँ



काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । उक्त ओपनिङ रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि BNHC सिम्बोल प्राप्त गरेको छ । अब सोमबारदेखि दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्