महासंघको सरकारलाई १७ बुँदे माग, दुई प्रतिशत ब्याजमा ऋण पाउनुपर्ने « Arthapath.com
१३ असार २०८२, शुक्रबार

महासंघको सरकारलाई १७ बुँदे माग, दुई प्रतिशत ब्याजमा ऋण पाउनुपर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले दुई प्रतिशत ब्याज दरमा ऋण पाउने गरी पुनर्कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । पर्यटन, निर्यात, उत्पादनमूलक र कृषि क्षेत्रका लागि महासंघले दुई प्रतिशत ब्याज पाउनुपर्ने माग गरेको हो ।

कोरोना भाईरसका काररण औदोगीक क्षेत्रमा परेका असरलाई सरकारले केहि सहजता कायम गर्न यस्तो माग गरेको हो । महास.घले यो स.गै १७ बुँदे माग सरकारसंग माग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई शुक्रवार भेटेर १७ बुँदे माग गरेको हो ।

उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रलाई पुनर्उद्धारका लागि सहुलियत व्याजदरमा कर्जाका साथै सोही अनुरुप स्प्रेड दर समेत घटाउनु पर्ने, साथै बजारमा तरलता उपलब्ध गराउन सीसीडीमा समेत लचकता अपनाउनुपर्ने, आगामी दिनमा उद्योग धन्दा सहज रुपमा चल्न नसक्ने भन्दै उद्योगको क्षमता घटाउन तथा सोही अनुरुप कामदार तथा कर्मचारी घटाउन पाउने व्यवस्था गर्नुपर्ने, पर्यटन, निर्यात, उत्पादनमूलक र कृषि क्षेत्रको लागि चैत महिनादेखि कर्मचारी तथा कामदारको एक वर्षको तलब, ज्याला भुक्तानीको लागि कम्पनी, फर्म तथा प्रतिष्ठानले दुई प्रतिशत ब्याजदरमा ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने,

उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा दुई वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने, अन्य सम्पूर्ण साना, मझौला र ठूला कम्पनी तथा फर्म प्रतिष्ठानहरुले चैत महिनादेखि कर्मचारी तथा कामदारको ६ महिनाको तलब, ज्याला भुक्तानीको लागि दुई प्रतिशत ब्याजदरमा ऋण प्राप्त गर्ने गरी पुनर्कर्जाको व्यवस्था गरिनुपर्ने, उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दीमा एक वर्षभित्र तिर्ने व्यवस्था मिलाइनु पर्नेलगायतका १७ बुँदे माग पनि महासंघले राखेको छ । कोरोना भाइरसका कारण उद्योग तथा व्यापार व्यवसाय सम्पूर्ण रुपमा ठप्प भएकाले यस्तो माग गरिएको महासंघको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्