नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब २ करोड बढीको कारोबार « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब २ करोड बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा झरेको हो ।

सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको थियो । त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ ।

आज ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्