जाल्पा सामुदायिक लघुवित्तको आईपीओ यी ४ तरिकाबाट हेर्न सकिन्छ

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ आज बालुवाटार, काठमाडौँमा बाँडफँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
लघुवित्तको आईपीओमा २५ लाख ८७ हजार ४१२ जना आवेदकको ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयर भेरिफाइ भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४८ हजार ७९० जनाले लघुवित्तको आईपीओ पाएका छन् ।
अन्तिम दिनसम्ममा लघुवित्तको आईपीओमा २७ लाख ९ हजार ८५५ वटा आवेदनहरुबाट ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताका लागि आवेदन परेको थियो । जसमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न १ लाख १८ हजार १५३ जना आवेदकहरुबाट २४ लाख ३० हजार ३२० कित्ता सेयरलाई रद गरेपश्चात बाँकी रहेको २५ लाख ११ हजार ७०२ जना आवेदकहरुबाट प्राप्त ३० लाख ७६ हजार ८३० कित्तासँग शेयरमध्ये सिडीएस एण्ड क्लियरिङ्गबाट ४८ हजार ४३ जना आवेदकहरुलाई शंकास्पद सूचीमा समावेश गरेको छ । उक्त विवरणलाई रुजु गर्दा ४ हजार २९० जना आवेदकबाट ५० हजार ६ सय कित्ता दोहोरो आवेदन परेकोले रद्ध गरी २५ हजार ८७ ४१२ जना आवेदकको ३ करोड ६ लाख ६६ हजार १९० कित्ता सेयर मध्येबाट ४८ हजार ७९० जनालाई न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २६ हजार १ सय कित्ता म्युचुअल फण्डका लागि र बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्ट्याइएको थियो ।
लघुवित्तको आईपीओ बाँडफाँट पश्चात विभिन्न ४ तरिकाबाट रिजल्ट हेर्न सकिनेछ । जाल्पा सामुदायिक लघुवित्तको वेवसाइट http://jalpamf.com/, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेव साइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
https://iporesult.cdsc.com.np/