नबिल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज दिन्छ ?

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गते, आईतबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि ८.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले रेमिटेन्स बचत खातामा भने ९.०३ प्रतिशत ब्याज प्रदान गर्नेछ ।
बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फ १०.०३ प्रतिशत र ब्यक्तिगत तर्फ ११.०३ प्रतिशत ब्याज दिने भएको छ ।

