नेप्सेमा आज २ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज विभिन्न २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ति विकास बैंक लिमिटेड र नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेपाल ल्युब आयल
नेपाल ल्युब आयल लिमिटेडको ३० प्रतिशत बोनस बापतको ९० हजार ५३ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
ज्योति विकास बैंक
ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस बापतको ४२ लाख २९ हजार ३ सय ५.०६ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।