ग्लोबल आइएमई बैंकले धितोपत्र खरिद गर्दा १५ रुपैयाँ सिआस्वा शुल्क लिने

काठमाडौं । ग्लोबल आइएमई सीआस्वामा शुल्क लिने भएको छ । बैंकले एक सूचना जारी गर्दै धितोपत्र खरिद गर्दा सिआस्वा शुल्क लिने भएको हो ।
बैंकले यसअघि निशुल्क सेवा प्रदान गरिरहेको थियो ।
बैंकले फागुन ४ गतेदेदि निष्काशन गरिएका धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरिएको जानकारी गराएको छ ।
